काठमाडौं - एनआईसी एशिया बैंक लिमिटेडका ग्राहकहरूलाई काठमाडौं धुम्बाराहीस्थित अकामा होटलको सेवा शुल्कमा २० प्रतिशत छुट प्रदान गर्न बैंक र होटलबीच समझदारी (MoU) भएको छ ।

एक कार्यक्रमका बीच बैंकको तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत श्री सन्तोष कुमार राठीज्यू तथा होटलको तर्फबाट महाप्रबन्धक श्री राजु श्रेष्ठज्यूले समझदारीपत्र आदानप्रदान गरेका हुन् ।

उक्त समझदारी बमोजिम बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरूले होटलको सेवा प्रयोग गरे वापत रकम भुक्तानी गर्दा २० प्रतिशत छुट पाउनेछन् ।

साथै यस बैंकका कर्मचारीहरूलाई पनि सो योजना अनुसारको छुट उपलब्ध हुनेछ । समझदारीका सर्तहरू एक वर्षको लागि लागू हुनेछन् ।

यसैगरी ग्राहक महानुभावहरूले देशभरका २,४०० वटा भन्दा बढी अस्पताल, होटल तथा रेष्टुरेन्ट, डिपार्टमेन्ट स्टोर लगायतमा सेवा लिई कारोबार रकमको ३० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

यस बैंकले मुलुकभर ३१९ शाखा कार्यालयहरु, ४५४ एटिएम, १०८ वटा एक्स्टेन्सन काउण्टर एवं ६० वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको छ ।