काठमाडौं - बिहीबार नेप्से परिसूचक करिब ९ अंकले बढेर बन्द भएको छ। अघिल्लो दिन बुधबार ०.५५ अंकले बढेको नेप्से परिसूचक यसदिन ८.८१ अंकले बढेर २६५१.२१ विन्दुमा पुगेको हो। परिसूचक बढेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा वृद्धि भएको छ।
यसदिन ३४७ वटा स्क्रिप्सको १ करोड २ लाख २५ हजार ८७४ कित्ता सेयर ३ अर्ब ७२ करोड ७ लाख ७० हजार ७७ रुपैयाँमा खरिदबिक्री भए। बुधबार ३ अर्ब ५३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।
सेयर बजार सकारात्मक हुँदा दुई कम्पनीको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भयो। सर्वोत्तम पेन्ट्स इन्डस्ट्रिज र माउन्ट एभरेष्ट पावर डेभलपमेन्टको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो। सुपर खुदी हाइड्रोपावरको सेयर १३.०२ प्रतिशतले बढ्दा घलेमादी हाइड्रोपावरको ११.९० प्रतिशतले बढ्यो।

.gif)


