दिल्लीमा प्रदर्शनकाे हिंसात्मक रुप, चार जनाको मृत्यु
काठमाडौं - दिल्लीमा नागरिकता संशोधन कानूनविरुद्ध भएको प्रदर्शनले हिंसात्मक रुप लिएको छ । दिल्लीको यमुना पार क्षेत्रमा प्रदर्शको दोस्रो दिन हिंसा भड्किदा प्रहरीसहित चार जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।
समाचार एजेन्सी एएनआईका अनुसार तीन सर्वसाधारण र एक प्रहरीको मृत्यु भएको छ । दिल्ली सरकारका मन्त्री गोपाल राय बाबरपुर क्षेत्रमा फायरिङ र आगजनीका घटना भएपछि संवेदशनशील क्षेत्रमा प्रहरी बल पठाउन आग्रह गर्न दिल्लीका उप राज्यपालको निवास पुगेका छन् ।
यद्यपि, पर्यावरण मन्त्री रहेका रायसँग एलजी अनिल बैजालको भेट हुननसकेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
यसैबीच, दिल्लीमा हिंसात्मक घटना घटेपछि मंगलवार हिंसाग्रस्त क्षेत्रका विद्यालय बन्न गरिएको छ । उप मुख्यमन्त्री मनीष सिदोदियाले सोमवारै यसबारे जानकारी दिएका थिए । यही बेला अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्प भ्रमणमा छन् ।
फेसबुक पेज Like गर्नुहोस