काठमाडौं । रसुवामा बुधबार बिहान आएको भीषण बाढीपछि प्रधानमन्त्री बालेन्द्र शाहले बोलाएको आपत्कालीन बैठकमा उद्धार र राहत कार्यबारे विस्तृत ब्रिफिङ गरिएको छ।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन राष्ट्रिय परिषद्को बैठकमा बाढीबाट भएको क्षति, प्रभावित क्षेत्रको अवस्था तथा जारी उद्धार र राहत कार्यबारे विस्तृत ब्रिफिङ गरिएको हो।
बैठकमा प्रधानमन्त्री शाहले विपद्को वर्तमान अवस्था र आगामी रणनीतिबारे सम्बन्धित निकायका अधिकारीहरूबाट जानकारी लिएका छन्। उनले प्रभावित नागरिकको उद्धार, खोजी तथा राहत कार्यलाई उच्च प्राथमिकताका साथ अघि बढाउन सरोकारवाला निकायलाई निर्देशन दिएका छन्।
प्रधानमन्त्री शाहले विपद्को यस कठिन घडीमा सबै सरकारी संयन्त्रलाई प्रभावकारी रूपमा परिचालन गर्दै बाढी प्रभावित क्षेत्रमा उद्धार, खोज तथा राहत कार्यमा जुट्न आग्रह गरेका छन्।
साथै, प्रभावित नागरिकको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर आवश्यक सबै कदम चाल्न निर्देशन दिएका छन्।

.gif)


