दलितलाई तिमी !
खबर एक्सप्रेस
२०७६-०५-०६ ११:०० मा प्रकाशित
Total Shares: 732
काठमाडौं - वडाध्यक्षले अरुलाई ‘तपाईं’ तर आफूलाई ‘तिमी’ भनेर सम्बोधन गरेकामा पोखरा महानगरपालिका–१५ की वडा सदस्य मन्दिरा परियारले चित्तदुखाइ छ ।
निर्वाचित हुनुअघि वडाअध्यसँग खासै चिनजान र हेलमेल पनि थिएन,’ उनले भनिन्, ‘उहाँ अरु सबै सदस्यलाई तपाईं भन्नुहुन्छ, मलाई भने ‘तिमी’ भन्नुहुन्छ ।’ आफू दलित भएकैले हेपेर सम्बोधनमा विभेद गरिएको उनको बुझाइ छ ।
वडाध्यक्ष्ँ प्रकाश पौडेलले आफूहरुसँग सरसल्लाह नै नगरी काम गर्ने गरेको समेत परियारले गुनासो गरिन् ।
परियारका अनुसार दलित विद्यार्थीलाई पोसाक वितरण कार्यक्रमको उनी संयोजक थिइन् । वडामा १ लाख रुपैयाँबराबरको विद्यालय पोसाक बाँड्ने योजना थियो ।
कान्तिपुर दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस