काठमाडौं - काठमाडौंको भद्रकालीस्थित मन्दिरमा एक हप्ताअघि आफूलाई ‘धर्ती माता’ भन्दै एक युवतीलाई यातना दिने महिला पक्राउ परेका छन्। 

युवतीलाई यातना दिने विष्णु कुँवरलाई आज (शुक्रबार) बिहान बालाजुबाट पक्राउ गरिएको काठमाडौं प्रहरी परिसरका डीएसपी होविन्द बोगटीले नेपालखबरलाइ जानकारी दिए। 

‘उनलाई केहीबेरअघि मात्र हामीले पक्राउ गरेका हौं,’ नेपालखबरसँग बोगटीले भने।उनका अनुसार अहिले उनलाई काठमाडौं प्रहरीको हिरासतमा राखिएको छ। एक हप्ताअघि भद्रकाली मन्दिरमा एक युवतीलाई बोक्सीको आरोप लगाउँदै कुँवरले यातना दिएकी थिइन्। जसको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको थियो।