काठमाडौं - मौसम पूर्वानुमान महाशाखाका मौसमविद्ले आज (शनिबार) देखि मनसुनी गतिविधि बढ्दै गएको बताएका छन्।

मौसमविद् शान्ति कँडेलका अनुसार अहिले पूर्वदेखि पश्चिमसम्मै धेरै स्थानमा मेघ गर्जनसहित वर्षा भइरहेको छ। काठमाडौं उपत्यकामा पनि बिहानैदेखि पानी पर्न थालेको छ।

उनका अनुसार बंगालको खाडीबाट जलवाष्पयुक्त हावा भित्रिन थालेकाले नेपालमा मौसम बदली र पानी पर्ने क्रम बढेको हो।‘मनसुन न्यून चापीय रेखा हाल नेपालको दक्षिणतिर (भारत) रहे पनि बंगालको खाडीबाट प्रवेश गरेको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावका कारण वर्षाको सम्भावना बढेको हो,’ उनले भनिन्।

महाशाखाका अनुसार मनसुन न्यून चापीय रेखा केही दिनअघि नेपालबाट दक्षिण सरेर भारतमा रहेकाले मनसुनी गतिविधि कम सक्रिय अवस्थामा छ।

तर त्यो रेखा १र२ दिनपछि पुनस् नेपाल भित्रिने सम्भावना रहेको मौसमविद् कँडेलको अनुमान छ।