११ वर्ष पछि पनि हलियाकोे अवस्था उस्तै
डडेल्धुरा - सरकारले तथ्यांक संकलन गर्दा वास्तविक हलियालाई छुटाएको नेपाल राष्ट्रिय दलित समाजले जनाएको छ । सरकारले मुक्त घोषणा गरेपनि वास्तविक हलियाको अवस्था भने उस्तै रहेको छ ।
सरकारले एक पटकका लागि पुनः हलियाहरुको तथ्यांक संकलन गर्नुपर्ने हलियामुक्ति समाज डडेल्धुराका अध्यक्ष भरत सार्कीको माग छ ।
नेपाल सरकारले हलियामुक्ति घोषणा गरेको ११ वर्ष पूराभएपनि उनीहरुको उचित पुर्नस्थापना हुन नसकेको उनीहरुको गुनासो छ ।
२०५९ सालदेखि संगठित रुपमा मुक्तिका लागि आन्दोलन गर्दै आएका सुदूर र मध्यपश्चिमका १२ जिल्लाका १९ हजार ५९ हलिया परिवारको उत्थानका लागि २०६५ भदौ २१ गते सरकारले मुक्ति घोषणा गरेको थियो । मुक्त हलिया व्यवस्थापनका लागि सरकारले केहि रकम उपलब्ध गराएको थियो ।
तर त्यो रकम टाठाबाठाले मात्रै पाएको स्थानीय हीरा देवीपल्लेको गूनासो छ ।मुक्त भइसकेका हलियाको उचित पुर्नस्थापना हुन नसक्दा उनीहरु मुस्किलले जीवनयापन गरिरहेका छन् ।
फेसबुक पेज Like गर्नुहोस