इन्डोनेसियामा गयाे ७ दशमलव ७ रेक्टर स्केलको शक्तिशाली भूकम्प
खबर एक्सप्रेस
२०७९-०९-२६ ०९:४६ मा प्रकाशित
Total Shares: 204
काठमाडौं,एजेन्सी-इन्डोनेसियामा ७ दशमलव ७ रेक्टर स्केलको भूकम्प गएको छ ।
इन्डोनेसियाको तनिंबर क्षेत्र केन्द्रबिन्दु बनाई पृथ्वीको सतह भन्दा ९७ किलोमिटर गहराईमा गएको भूकम्पको धक्का अष्ट्रेलिया र तिमोरसहित २ हजार किलोमिटर टाढासम्म महसुस गरिएको थियो ।
भूकम्पका कारण भएको मानवीय र भौतिक क्षतिको विवरण आएको छैन ।
फेसबुक पेज Like गर्नुहोस