आज विश्व जनजाति दिवस
काठमाडौं - आज विश्व आदिवासी जनजाति दिवस नेपाललमा विविध कार्यक्रम आयोजना गरी मनाइँदै छ ।
यस वर्षको नारा ‘सम्पूर्ण उत्पीडित जाति एक हौंँ, २५औँ आदिवासी दिवस आन्दोलनका रूपमा मनाऔंँ, पहिचानसहितको सङ्घीयताका लागि सङ्घर्ष गरौं भन्ने तय गरिएको छ ।
आदिवासी जनजातिहरुको, अधिकार, पहिचान र उत्थानका लागि सकारात्मक सन्देश दिन उक्त दिवस मनाउने गरिन्छ । दिवसको अवसरमा काठमाडौंको भृकुटीमन्डपमा बिहार्न याली निकालिएको छ । दिवसका अवसरमा राजधानीमा विशेष कार्यक्रम गरिदैछ ।
आदिवासी जनजातिहरुको, अधिकार, पहिचान र उत्थानका लागि सकारात्मक सन्देश दिन उक्त दिवस मनाउने गरिन्छ । आफ्नै कला, भाषा, भेषभूषा, संस्कार संस्कृतिले बेजोड समृद्ध आदिवासीहरूले आफ्नो हक अधिकारका लागि आदिवासी जनजाति दिवस मनाइन्छ ।
विश्वभर छरिएर रहेका आदिवासी जनजातिको योगदानको कदर गर्दै संयुक्त राष्ट्रसंघको आह्वानमा हरेक वर्ष अगष्ट ९ तारिखमा यो दिवस मनाइँदै आएको छ ।
संयुक्त राष्ट्र संघको आदिवासी जनजाति मामिला हेर्ने कार्यदलको पहिलो बैठक बसेको दिन सन् १९८२ को अगस्ट ९० को दिनलाई नै आधार मानेर सन् १९९५ देखि यो दिवस रुपमा मनाउन थालिएको हो ।
फेसबुक पेज Like गर्नुहोस