काठमाडौं - नेपालको संविधान जारी भएको दिनको स्मरणमा आज देशभर संविधान दिवस तथा राष्ट्रिय दिवस विभिन्न कार्यक्रम आयोजना गरी मनाइएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलको प्रमुख आतिथ्यमा काठमाडौंको सैनिक मञ्च, टुँडिखेलमा दिवसको मूल समारोह आयोजना गरिएको हो।
नेपालको संविधान जारी भएको दिनको सम्झनामा हरेक वर्ष असोज ३ गते संविधान दिवस मनाइँदै आएको छ।3.jpg
मूल समारोहमा राष्ट्रपति पौडेल, प्रधानमन्त्री बालेन्द्र शाह, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा, प्रतिनिधिसभाका सभामुख डीपी अर्याल, राष्ट्रियसभाका अध्यक्ष नारायण दाहाललगायत संवैधानिक निकायका प्रमुख तथा उच्च पदस्थ अधिकारी सहभागी थिए।
समारोहमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, विभिन्न सांस्कृतिक समूह तथा विद्यार्थीले मार्चपास, झाँकी र सांस्कृतिक प्रस्तुति गरेका थिए।

.gif)



