काठमाडौं - वायु सेवा सञ्चालक सङ्घले दशैँको अवसर पारेर घटस्थापनाको दिनदेखि नै विपन्न ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने भएको छ ।

सङ्घले ७० वर्षमाथिका विपन्न ज्येष्ठ नागरिकलाई हवाई भाडामा ५० प्रतिशत छुट दिने जनाएको हो ।

ज्येष्ठ नागरिकले छुट पाउनका लागि सम्बन्धित वायु सेवा कम्पनीको कार्यालयमा आई स्वयम्ले आफू विपन्न भएको व्यहोरा स्वघोषणा गर्नुपर्ने, ‘ट्रङ्क रुट’मा हवाई सेवा सञ्चालन गर्ने वायु सेवा प्रदायकले प्रति सेक्टरमा एक जनालाई मात्रै यस्तो सुविधा दिने जनाएको छ ।