नेकपामा विवाद गहिरिँदैः नेपालको बरियता खोसियो, प्रस्ताव पनि अस्वीकृत
खबर एक्सप्रेस
२०७६-०५-०२ ११:०० मा प्रकाशित
Total Shares: 536
काठमाडौं - नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएको १५ महिनापछि नेता माधवकुमार नेपालको बरियता खोसिएको छ । यससँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र आन्तरिक विवाद चुलिन पुगेको छ ।
आइतबार साँझ बसेको नेकपा सचिवालय बैठकमा पूर्वप्रधानमन्त्री झलनाथ खनालको प्रस्ताव स्वीकार गर्दै अध्यक्षद्वयपछिको बरियताक्रममा उनलाई ल्याइएको छ ।
खनाल पार्टी एकीकरणपछि नेता नेपालभन्दा पछाडिको रोलक्रममा थिए ।
नागरिक दैनिकबाट
फेसबुक पेज Like गर्नुहोस