एजेन्सी - कोरोना भाइरसको कारण चीनको वुहानस्थित एक अस्पतालका निर्देशकको ज्यान गएको छ । कोरोना भाइरस उद्गमस्थल वुहानस्थित उचाङ्ग अस्पतालका निर्देशक लिउ झिमिङको मंगलबार बिहान निधन भएको हो । 

चिनियाँ सरकारी टेलिभिजन सिसिटिभीले उनको निधनको समाचार प्रशारण गरेको छ । उक्त टेलिभिजनका अनुसार कोरोना भाइरसद्वारा संक्रमित झिमिङको उपचारको क्रममा स्थानीय समयानुसार बिहान साढे १० बजे निधन भएको हो । 

कोरोना भाइरसको कारण हालसम्म १८ सय भन्दाबढीले ज्यान गुमाइसकेका छन् ।