काठमाडौं - साताको तेस्रो दिन अर्थात मंगलबार पनि नेपाली बजारमा सुनको मुल्य बढेको छ । सुन आज तोलामा रु २०० रुपैंयाँले बढेको हो ।

सुनको भाउ मंगलबारका लागि तोलाको ६८ हजार रुपैयाँ तोकिएको नेपाल सुनचाँदी ब्यवसायी महासंघले जनाएको छ । यो भाउ अहिलेसम्मकै उच्च हो ।

सुन सोमबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेर तोलाको ६७ हजार ८ सय रुपैयाँ पुगेको थियो । गएको आइतबारदेखि नै उकालो लागेको सुनको भाउले मंगलबार पनि नयाँ कीर्तिमान बनाएको हो । शुक्रबारदेखिनै सुनको भाउ बढ्दै नयाँ किर्तिमान बनाइरहेको छ ।

अमेरिका र चीनबिच व्यापारिक तनाव बढ्नुका साथै जम्मू कश्मिर विवादका कारण अन्तर्राष्ट्रिय बजारमा सुन महंगो भएको महासंघले जनाएको छ ।त्यस्तै चाँदी मंगलबार पनि तोलाको ७ सय ९५ रुपैयाँमा कारोबार भैहरेको छ ।