काठमाडौं - इटालीमा कोरोना भाइरसका कारण हालसम्म १०७ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितहरुको संख्या ३०८९ पुगेको छ । बुधबारमात्रै झण्डै ६ सय जना नयाँ केश देखिएको रिपोर्टमा उल्लेख छ ।

पछिल्लो समय इटाली कोरोना भाइरसबाट त्रसित रहेको छ । बुधबारमात्रै २८ जनाको मृत्यु भएको छ । इटालीमा तीब्र रुपमा कोरोना भाइरस फैलिएपछि उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ ।

विशेष समारोह, खेल इभेन्ट, अफिस, विश्वविद्यालय केही समयमा लागि बन्द गरिएको छन् । यही अवस्थामा कोरोना भाइरस इटालीमा फैलिए ठुलो संकट आइपर्ने बताइएको छ ।

यसले इटालीको आर्थिक अवस्था थप कमजोर भएर जाने अधिकारीहरु बताउँछन् । त्यस्तै मृत्युदर पनि उत्तिकै ठुलो रहेका कारण इटालीले पछिल्लो समय ठुलो नोक्सानी भोगिरहेको छ ।