कोरोना सङ्क्रमण रोकथाम कोषमा आयल निगमले गर्यो ५० करोड जम्मा
खबर एक्सप्रेस
२०७६-१२-२० ०२:१२ मा प्रकाशित
Total Shares: 375
काठमाडौं - सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा आज नेपाल आयल निगमले ५० करोड जम्मा गरेको छ ।
बिहीबार एक विज्ञप्ती जारी गर्दै निगमले ५० करोड रुपैयाँ बराबरको चेक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई हस्तान्तरण गरेको जनाएको हो । निगमले कोरोनाविरुद्ध लड्न सबैलाई आग्रह पनि गरेको छ ।
सरकारले गत चैत १० गते बसेको मन्त्रिपरिषद् बैठकले कोष स्थापना गर्दै कोरोना भाइरसको रोकथामका लागि कोषमा रकम जम्मा गर्न आह्वान गरेको थियो ।
फेसबुक पेज Like गर्नुहोस