मन्त्रीबाट बाहिरीएपछि गोकर्ण विष्टकाे यस्तो भावुक स्टाटस
काठमाडौं - श्रम तथा रोजगार मन्त्रीबाट बाहिरीएका गोकर्ण विष्टले आफू मन्त्री पदमा रहँदा ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरेको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबूकमा स्टाटस लेख्दै विष्टले श्रमिक र बेरोजगारको पक्षमा काम गरेको दाबी गर्दै मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गर्ने प्रधानमन्त्री ओलीप्रति कृतज्ञ रहेको पनि बताएका छन् ।
उनले लेखेका छन्, ‘जति दिन श्रममन्त्रीको रुपमा रहें – वैदेशिक रोजगारीको नाममा ठगीमा परेका युवाहरू, पसिनाको मूल्य नपाएका श्रमिकहरू र बेरोजगार युवाहरूको पक्षमा इमान्दारीपूर्वक ज्यामी माहुरीले जस्तै काम गर्ने प्रयास गरें । अहिले मन्त्रीबाट बाहिरिएको छु – थप उर्जा र प्रेरणाका साथ । मन्त्रीको रुपमा काम गर्ने अवसर प्रदान गर्ने सम्मानीय प्रधानमन्त्रीज्यूप्रति कृतज्ञ छु । सुधार अभियानमा साथ दिने सहयोगी, शुभचिन्तक एवं सबै दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद !’
फेसबुक पेज Like गर्नुहोस