धनगढी - सुदूरपश्चिम प्रदेशमा नेकपा र नेकपा एमालेबीच नयाँ राजनीतिक समीकरण बनेसँगै आज नयाँ सरकार गठन हुने भएको छ ।
प्रदेश प्रमुख नजिर मियाँले दिएको समयसीमाभित्रै नेकपाका संसदीय दलका नेता खगराज भट्टले एमालेको समर्थनमा मुख्यमन्त्रीका लागि दाबी पेस गर्ने तयारी गरेका छन्।
प्रदेश प्रमुखको कार्यालयका अनुसार दाबी पेस भएपछि भट्टलाई शुक्रबार नै मुख्यमन्त्रीमा नियुक्त गरी पद तथा गोपनीयताको शपथ गराउने तयारी छ।
शपथसँगै केही मन्त्री नियुक्त गरेर प्रारम्भिक रूपमा सानो आकारको मन्त्रिपरिषद् गठन गर्ने तयारी गरिएको बताइएको छ।
नेकपा र एमालेबीच मन्त्रालय बाँडफाँटसमेत टुंगिएको स्रोतको दाबी छ। सहमतिअनुसार नेकपाले चार र एमालेले तीन मन्त्रालय पाउने गरी भागबन्डा गरिएको छ।

.gif)


