काठमाडौं - विप्लव नेतृत्वको नेकपाका एकजना केन्द्रीय सदस्यसहित २१ कार्यकर्तालाई दाङबाट प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेमा विप्लवका दाई चन्द्रबहादुर चन्द ुवीरजंगुसमेत रहेको पाइएको छ । उनी विप्लव समूहका मध्यपश्चिम कमाण्डर हुन् । 

उनीहरुलाई गएराति जिल्लाको राजपुर गाउँपालिका वडा नम्बर ४ बाट विस्फोट सामग्री र हतियारसहित  पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

दाङ प्रहरीका प्रवक्तासमेत रहेका डीएसपी विनोदविक्रम शाहले दिएको जानकारीअनुसार उनीहरुलाई थप अनुसन्धानको लागि सदरमुकाम ल्याइँदैछ ।

 बैठक बसिरहेको बेला प्रहरीले घेरा हालेर उनीहरुलाई पक्राउ गरेको स्रोतले जानकारी दिएको छ ।