काठमाडौं - बाराको जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको भन्दै काठमाडौंमा विरोध प्रदर्शन गरिएको छ।

अधिकारकर्मी तथा मृतकका आफन्तले शुक्रबार प्रदर्शन गर्दै ‘गरिमालाई न्याय दे’ लेखिएका प्लेकार्ड प्रदर्शन गरेका हुन्।