काठमाडौं - ग्रामीण तथा शहरी क्षेत्रमा आफ्नो उपस्थितिलाई थप दरिलो बनाउने क्रमसँगै एन आई सी एशिया बैंकले काठमाडौंको ढुङ्गेधारा, नर्सरी चोकमा नयाँ शाखा कार्यालयको आज औपचारिक उद्घाटन कार्यक्रम सम्पन्न गरेको छ ।

काठमाडौं महानगरपालिका वडा नं. १६, ढुङ्गेधारा स्थित नर्सरी चोक शाखाको पूर्व सांसद तथा संविधान सभा सदस्य डा।भिष्मनाथ अधिकारीबाट आज एक समारोहका बीच उद्घाटन सुa–सम्पन्न भयो । 

उक्त शाखा सञ्चालनमा आएसँगै सो क्षेत्रका स्थानीयलाई बैंकिङ्ग सेवा प्राप्त गर्न सहज हुने विश्वास बैंकले लिएको छ ।