मेलम्चीको पाइप सफा गर्ने क्रममा निसास्सिएर दुई मजदुरको मृत्यु
खबर एक्सप्रेस
२०७६-०४-१७ ११:०० मा प्रकाशित
Total Shares: 513
काठमाडौं - काठमाडौंको बालाजुमा मेलम्ची खानेपानी आयोजनाको पाइप सफा गर्ने क्रममा निसास्सिएर दुई मजदुरको मृत्यु भएको छ । मृत्यु हुनेमा २५ वर्षीय साह र २० वर्षीय शिवराम साह रहेका छन् । दुवै जना सप्तरीका हुन् ।
पाइप सफा गर्ने क्रममा निसास्सिएर शुक्रबार बिहान १० बजे दुई मजदुरको मृत्यु भएको काठमाडौं महानगरीय परिसर टेकुका एसपी अशोक सिंहले जानकारी दिए।
पाइपमै बेहोस भएका उनीहरुलाई उद्धार गरी महारागन्जस्तिथ शिक्षण अस्पताल लगिएको थियो । उपचारका क्रममा दुवैको मृत्यु भएको एसपी सिंहले बताए । घटनाबारे विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
फेसबुक पेज Like गर्नुहोस