एजेन्सी - चीनमा कोरोना भाइरसका कारण झण्डै २००० जनाको ज्यान गएको छ । मिडिया रिपोर्टका अनुसार ७५ हजार जना यो भाइरसबाट संक्रमित भएका छन् । चीनका अधिकारीहरुका अनुसार पछिल्लो समय संक्रमितहरुको संख्यामा कमी आएको छ ।

तर, यस भाइरसलाई लिएर अध्ययन गरिरहेका विशेषज्ञहरुले भने तत्कालै संक्रमितहरुको संख्या घटेको बताउन नमिल्ने बताएका छन् ।

कोरोना भाइरसका कारण चीनको अर्थतन्त्रमा ठुलो धक्का हानिरहेको छ भने यो भाइरस नियन्त्रणका लागि भ्याक्सिन पनि पत्ता लागि नसकेको अवस्था रहेको छ ।