नेपाली कांग्रेस जुनसुकै बेला सडक आन्दोलनमा आउन सक्छः देउवा
खबर एक्सप्रेस
२०७६-०५-०२ ११:०० मा प्रकाशित
Total Shares: 494
बुटबल - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो पार्टी कुनै पनि बेला सरकारविरुद्ध सडक आन्दोलनमा आउन सक्ने उनले बताएका छन् ।
केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले सोमबार रुपन्देहीको भैरहवामा गरेको कार्यक्रममा बोल्दै देउवाले सरकार प्रजातन्त्रविरोधी भएको प्रष्ट भइसकेकोले आफूहरु सडकमा आउने सक्ने बताएका हुन् ।
अहिले सरकारले जनताका अधिकारहरु खोस्न खोजेको भन्दै उनले सरकार प्रजातन्त्रविरोधी भएको प्रष्ट भइसकेको बताए । आफूले यसबारेमा पहिला नै बताएको समेत भने ।
त्यस्तै, सरकारले मानवअधिकार आयोगलाई महान्यायाधिवक्ताको मातहतमा राख्ने खोजेको भन्दै आपत्ती जनाए ।
फेसबुक पेज Like गर्नुहोस