काठमाडौं - पाकिस्तानले कोरोना भाइरसको संक्रमणबाट पहिलो मृत्यु भएको पुष्टि गरेको छ । उनी बिरामी भएर इरानबाट फर्केका थिए । इरान तफ्तान सीमामा उनलाई  १४ दिन क्‍वारेन्टाइनमा राखिएको थियो । ६४ वर्षिय ती व्यक्तिको भारत मुम्बईको अस्पतालमा मृत्यु भएको हो ।

भारतमा कोरोना भाइरस संक्रमितपछि मृत्यु हुनेको संख्या तीन पुगेको छ । केरलाले पनि मंगलबारसम्म कोरोना संक्रमित १९ पुगेको पुष्टि गरेको छ । 

भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना संक्रमित हुनेको संख्या १ सय २५ पुगेको छ । कोरोना भाइरस संक्रमणका नयाँ घटनाहरु जम्मु कश्मीर, लडाख र केरलामा देखिएको हो । यस्तै कोरोना नियन्त्रण गर्न सरकारले बेलायत लगायत अन्य यूरोपियन मुलुकबाट आउने यात्रुलाई प्रतिबन्ध लगाएको छ ।

विश्व स्वास्थ्य संगठनले सार्वजनिक गरेको मंगलबारको विवरणअनुसार विश्वभर १ लाख ७३ हजार ३ सय ४४ संक्रमित भएका छन् । भाइरसको कारण मृत्यु हुनेको संख्या ७ हजार १९ पुगेको छ ।  विश्व स्वास्थ्य संगठनले १ सय ४८ देशमा भाइरस संक्रमण भएको जनाएको छ ।