काठमाडौं - सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक भोलि बस्ने भएको छ।

लामो समयदेखि माग भए पनि बस्न नसकेको सचिवालय बैठक पार्टी महासचिव विष्णु पौडेलले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डसँग परामर्श गरेपछि भोलि ४ बजे बालुवाटारमा बस्न लागेको हो ।

यसअघि बहुमत सचिवालय सदस्यले आज बिहीबारका लागि बैठक बोलाएका थिए । मंगलबार अध्यक्ष प्रचण्डसहित ५ जना सचिवालय सदस्यहरुको अनौपचारिक छलफलले बिहीबार बैठक बस्ने निर्णय गरेको थियो ।