पाटनमा मृत्यु भएका युवकमा भेटिएन कोरोना
खबर एक्सप्रेस
२०७६-१२-१८ ०२:३७ मा प्रकाशित
Total Shares: 330
काठमाडौं - ललितपुरको पाटन अस्पतालमा मृत्यु भएका युवकमा कोरोना संक्रमण (कोभिड–१९) नभएको पुष्टि भएको छ ।
पाटनमा उपचारका लागि आएका धादिङका युवकमा कोरोना नरहेको पुष्टि भएको हो । युवकको सोमबार उपचारका क्रममा मृत्यु भएको थियो । राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणमा कोरोनाको नतिजा नेगेटिभ आएको पाटन अस्पतालका निर्देशक विष्णु शर्माले जानकारी दिए ।
फेसबुक पेज Like गर्नुहोस