काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार देशमा देखिएको समस्या समाधान गर्न लागिपरेको बताएका छन्।

इन्जिनियर दिवस विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले यस्तो बताएका हुन् । उनले देशको अवस्था अहिले राम्रो नभएको बताए।

प्रधानमन्त्री ओलीले भने, ‘देशको अवस्था राम्रो छैन । प्रशंसा गर्न लायक छैन । देश र इतिहास प्रशंसा गर्न लायक छ । गौरवपूर्ण इतिहास छ । भविष्य उज्वल छ । त्यसमा कुनै शंका छैन । तर, आज सन्तोष मान्न र खुसी हुने अवस्था छैन । यस अवस्थालाई हामीले बदल्नैपर्छ ।’

देशमा देखिएको समस्यालाई समाधान गरेर भविष्य उज्ज्वल बनाउन आफूहरू लागिरहेको प्रधानमन्त्री ओलीले बताए।