काठमाडौं-महान्यायाधिवक्ता दीनमणि पोखरेलले राजीनामा दिएका छन्।

प्रधानमन्त्रीमार्फत् दिइएको राजीनामा राष्ट्रपति रामचन्द्र पौडेलले स्वीकृत गरेका हुन्।

राष्ट्रपति पौडेलले मंगलबार पोखरेलको राजीनामा स्वीकृत गरेको राष्ट्रपति कार्यालयले जनाएको छ ।

महान्यायाधिवक्ता सरकारको प्रमुख कानूनी सल्लाहकार मानिन्छन्।

पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सिफारिसमा पोखरेल २०७९ पुस १६ गते महान्यायाधिवक्ता नियुक्त भएका थिए ।