काठमाडौं - हिमाल आरोही आङरिता शेर्पाको निधन भएको छ।

७२ वर्षिय शेर्पाको सोमबार बिहान निजि निवास जोरपाटीमा निधन भएको उनको पारिवारिक स्रोतले बताएको छ ।

सोलुखुम्बुको थमोमा जन्मिएका शेर्पाले सन् १९८३ देखि सगरमाथा आरोहण सुरु गरेको थिए । १० पटक विना अक्सिजन सगरमाथाको चुच्चुरोमा पुगेका उनलाई 'हिउँ चितुवा' उपनाम समेत दिइएको थियो ।