एजेन्सी - पाकिस्तानको क्वेटा शहरमा साम्प्रदायिक समूह अहि सुन्नत वाल जम्मत (एएसडब्ल्यूजे) ले निकालेको धार्मिक र्यामलीमा बम विस्फोट हुँदा कम्तिमा सात जनाको ज्यान गएको छ भने २५ भन्दा बढी घाइते भएका छन् ।

दक्षिण पश्चिम बलूचिस्तान प्रान्तका गृहमन्त्री जिया लाँगोभले साम्प्रदायिक समूह अहि सुन्नत वाल जम्मत (एएसडब्ल्यूजे) ले निकालेको धार्मिक र्यालीमा बिस्फोट गराइएको बताए ।

एएसडब्ल्यूज निकट सुन्नी मुस्लिम राजनीतिक दलले लामो समयदेखि पाकिस्तानको जनसंख्याको २० प्रतिशत हिस्सा रहेको शिया मुसलमानलाई पाकिस्तानी कानुन अनुसार गैर मुस्लिम घोषणा गर्न माग गर्दै आएको छ । एएसडब्ल्यूजको मागसँगै पाकिस्तानमा हिंसाका घटनाहरु बढ्दै गएका छन् ।

मोटर साइकलमा आएका दुई जनाले आत्मघाती बम विस्फोट गराएको प्रहरीले बताएको छ । घटनाको कसैले पनि जिम्मा नलिएको समाचारमा बताइएको छ ।