एजेन्सी - कोरोना भाइरसका कारण विश्वभर ४०२७ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितहरुको संख्या ह्वात्तै बढेको छ । पछिल्लो रिपोर्ट अनुसार १ लाख १४ हजार ४३१ जना भाइरसबाट संक्रमित भएका छन् । त्यस्तै ६४ हजार ९९ जना उपचारपछि ठीक भएर घर फर्किएका छन् । 

इटालीमा कोरोना भाइरस तीब्र कुरामा फैलिएको छ । हालसम्म ४६३ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितहरुको संख्या ९ हजार नाघेको छ । त्यस्तै जर्मनी, फ्रान्स, अमेरिका, स्पेन, युके, इरान, दक्षिण कोरियामा संक्रमितहरुको संख्या तीब्र रुपमा बढेको छ 

कोरोना भाइरसको संक्रमण बढेसँगै विश्वभर हुन गइरहेका विशेष कार्यक्रम रद्द भएका छन् ।

अमेरिकामा २७ जनाको मृत्यु भएको छ । त्यस्तै संक्रमितको संख्या ७ सय कटेको छ । जर्मनी, फ्रान्स र स्पेनमा संक्रमितहरुको संख्या एक हजारभन्दा बढी रहेको छ ।