२०७७ सालका सार्वजनिक विदाहरुको सूची सार्वजनिक
काठमाडौं - सरकारले २०७७ सालको सार्वजनिक बिदाको सूचि सार्वजनिक गरेको छ ।
जारी सूचना अनुसार २०७७ सालमा दशैंको टीका कात्तिक १० गते र भाइटीका मंसिर १ गते परेका छन् । पछिल्लो वर्षको भन्दा यो वर्षको दशैँ र तिहार पछाडी सरेको हो ।
२०७७ सालमा २ वटा शनिबार, दशैंको ५ दिन, तिहारको ३ दिन र अन्य विदा ७ दिन गरी जम्मा ६७ दिन देशभर सार्वजनिक विदा हुनेछ ।
हिन्दुहरुको महान् चाड दशैंमा कात्तिक ७ गते फूलपातीदेखि ११ गते एकादशीसम्म ५ दिन र तिहारमा कात्तिक २९ गते लक्ष्मी पूजादेखि मंसिर १ गते भाइटीकासम्म ३ दिन सार्वजनिक विदा हुनेछ ।
यी हुन् सार्वजनिक विदा हुने दिन
शनिबार बाहेक बैशाख १ गते नयाँ वर्ष, बैशाख १९ गते मजदुर दिवस, असोज ३ गते संविधान दिवस, फागुन २४ गते अन्तर्राष्ट्रिय महिला दिवस, बैशाख २५ गते बुद्ध जयन्ती र फागुन २७ गते महाशिवरात्रिको दिन, चैत १५ गते आइतबार फागूपूर्णिमाको दिन ५६ जिल्लामा र चैत १६ गते बाँकी २१ जिल्लामा पनि सार्वजनिक विदा हुनेछ ।
यस्तै, होलीको दिन चैत १६ गते विदा पाउने जिल्लाहरुमा झापा, मोरङ, सुनसरी, सप्तरी, सिराहा, उदयपुर, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, नवलपरासी बर्दघाट सुस्ता पूर्व, नवलपरासी बर्दघाट सुस्ता पश्चिम, रुपन्देही, कपिलवस्तु, दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्ला छन् ।
फेसबुक पेज Like गर्नुहोस