काठमाडौं, एजेन्सी - भारतको राजधानी नयाँ दिल्लीमा लकडाउनको घोषणा गरिएको छ । कोरोनाभाइरसको संक्रमण बढेपछि दिल्लीमा लकडाउनको घोषणा गरिएको हो ।

संक्रमितको संख्या बढ्दै गएपछि मुख्यमन्त्री अरविन्द केजरीवालले लकडाउन घोषणा गरेका हुन्। लकडाउन आज राति १० देखि आउँदो सोमबार बिहानसम्म चल्नेछ ।

लकडाउनको समयमा सबै निजी कार्यालयहरू घरबाटै सञ्चालन हुने र सरकारी कार्यालय तथा आवश्यक सेवाहरू खुला हुने बताइएको छ ।

आइतबारमात्रै दिल्लीमा २५ हजार ४ सय ६२ संक्रमित थपिएका थिए। यसअघि दिल्ली सरकारले सप्ताहन्त कर्फ्यू लगाएको थियो।