बैतडी - बैतडीको दोगडाकेदार गाउँपालिका–५ बिटकममा पहिरो खस्दा महाकाली राजमार्ग अवरुद्ध भएको छ ।
सडकमाथिबाट खसेको पहिरोका कारण बैतडी–जोड्ने महाकाली राजमार्ग अवरुद्ध भएको हो ।
आज बिहान सडकखण्डमाथिबाट ढुगासहितको पहिरो खसेर सडक अवरुद्ध जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक दीपककुमार रायले जानकारी दिए ।
अहिले जेसीबीले सडकमा खसेको पहिरो हटाउने काम भइरहेको उनले बताए । पहिरोका कारण यातायात सेवा प्रभावित भएको छ ।

.gif)



