काठमाडौं उपत्यकाभित्र काेराेना संक्रमितको संख्या ३ हजार २ सय नाघ्यो
काठमाडौं - संघीय राजधानी काठमाडौंका सबै ३२ वटै वडामा कोरोना भाइरस (कोभिड(१९) को संक्रमण फेला परेको छ ।
वडा नम्बर ३२ को कोटेश्वर क्षेत्रमा सबैभन्दा बढी १२३ जनामा संक्रमण पुष्टि भएको छ । पछिल्लो समय काठमाडौंसँगै उपत्यकाका ललितपुर र भक्तपुरमा पनि कोरोना संक्रमितको संख्या बढिरहेको छ ।
उपत्यकाका तीन जिल्लामा मात्रै ३ हजार २ सय ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार काठमाडौंमा मात्रै एक हजार ७ सय ६२ पुरुष र ८ सय १७ महिला गरेर २ हजार ५ सय ७९ जनामा कोरोना पुष्टि भएको छ ।
यस्तै ललितपुरमा ४ सय ११ जना तथा भक्तपुरमा २ सय ७२ जनामा संक्रमण देखिएको छ । नेपालमा अहिलेसम्म ६ लाख ४ सय ४४ जनाको पीसीआर परीक्षण गर्दा ३१ हजार ९ सय ३५ जनामा कोरोना पोजेटिभ आएको छ ।
जसमध्ये १८ हजार ६ सय ३१ जना उपचारपछि डिस्चार्ज भएका छन् । संक्रिय संक्रमितको संख्या १३ हजार १ सय ५५ रहेको छ । १ सय ४९ जनाको भने कोरोना संक्रमणका कारण ज्यान गएको छ ।
फेसबुक पेज Like गर्नुहोस