पहिरोले मध्यपहाडी पुष्पलाल लोकमार्ग अवरुद्ध
खबर एक्सप्रेस
२०७६-०४-२१ ११:०० मा प्रकाशित
Total Shares: 1005
काठमाडौं - गलकोट नगरपालिका–११ रिघा, फेँदीमा आज बिहान खसेको पहिरोले मध्यपहाडी पुष्पलाल लोकमार्ग अवरुद्ध बनेको छ । पहिरोले जिल्लाको पश्चिम भेगको यातायात सेवा प्रभावित बनेको छ ।
लोकमार्ग खुलाउन प्रयास भइरहेको वडाध्यक्ष डम्बर श्रीसले बताए । ‘हटियाबाट डोजर आउँदैछ, डेढ÷दुई घण्टामै लोकमार्ग सञ्चालन हुन्छ’, उनले भने । पहिरोले अवरोध सिर्जना गरेपछि लोकमार्ग हुँदै लामो तथा छोटो दूरीमा चल्ने सवारीसाधन बीचमै रोकिएका छन् ।
उता, बडीगाड गाउँपालिका र ढोरपाटन नगरपालिकाको सीमा तुरतुरेमा बाढीले लोकमार्गमा क्षति पु¥याएपछि सोमबारदेखि नै यातायात सेवा प्रभावित बनेको छ । त्यहाँ वैकल्पिक सडक सञ्चालनका लागि तयारी भइरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस