प्रतिनिधिसभा विघटनपछि काँग्रेसले बोलायो पदाधिकारीको आकस्मिक बैठक
काठमाडौं - प्रमुख नेपाली प्रतिपक्षी दल नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारीको आकस्मिक बैठक बोलाएका छन् ।
बूढानीलकण्ठस्थित निवासमा सभापति देउवाले विहान साढे ९ बजे पार्टी पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक बोलाएका हुन् ।
शुक्रबार मध्यरामा राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(५) अनुसार प्रधानमन्त्रीका लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र कांग्रेस सभापति देउवा दुवैले पेस गरेको दाबी नपुगेको भन्दै खारेज गरेकी थिइन् । त्यसलगत्तै मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधिसभा विघटन गरी कार्तिक २६ र मंसिर ३ गते दुई चरणका लागि निर्वाचनको घोषणा गरेकी छन् ।
आजको बैठकमा काँग्रेसले उक्त कदमको प्रतिवाद गर्ने निर्णय लिनसक्ने स्रोतले बताएको छ ।
फेसबुक पेज Like गर्नुहोस