लकडाउन प्रभाव : ४२ लाख चल्ला नष्ट गरियो, मासुको मूल्य बढ्न सक्ने
काठमाडाै - विश्वब्यापी महामारीको रुपमा फैलिएको कोना भाइरस संक्रमणमा नेपाल पनि अछुतो रहन सकेन । नेपालमा पनि कोरोना संक्रमण फैलिन सक्ने भयले लकडाउन गरियो । सो लकडाउन पछि नेपालमा उद्योगधन्दा, कलकारखाना ठप्प प्रायः नै छन ।
हाल ह्याचरीलाई दैनिक ३ करोड ४५ लाख र समग्र कुखुरा उद्योगलाई २१ करोड ४५ लाख घाटा छ । सो लकडाउनपछि ह्याचरी व्यवसायीले ४२ लाख चल्ला गाडेका छन्। किसानले चल्ला खरिद नगरेको कारण चल्ला गाड्न परेको नेपाल ह्याचरी सघंका अध्यक्ष टिकाराम पोखरेलले जानकारी दिए।
‘दाना उद्योगले दाना ढुवानी नगरेको कारणले नयाँ चल्ला हाल्न नसकिएको नेपाल कुखुरा पालक किसान सघंका अध्यक्ष झनकप्रसाद पौडेलले बताए। ‘पहिलो कुरो त दाना उत्पादकहरुले ढुवानीमा समस्या देखाएर दाना दिएका छैनन्। कुखुरा पनि बिकेको छैन। त्यसैले किसानले कुखुरा पाल्न सकेका छैनन्’ पौडेलले भने।
दाना उद्योगले अप्ठेरो समयको मौका छोपेर नगदमा मात्र कारोबार गर्ने गरेको उनले आरोप लगाए।‘पैसा दिन्छौ भने मात्र दाना दिन्छौ भन्छन्। यस्तो समयमा किसानले कसरी पैसा दिने,’ उनले भने।
पैसा दिएपनि दाना उद्योगीसगँ दानाको स्टक सकिएको दाना उद्योग सघंका अध्यक्ष रविन पुरीले बताए।‘दानाको लागि ३० प्रतिशत मात्र मकै नेपालको उत्पादनले धान्छ। भट्मासको पिना नेपालमा उत्पादन नै हुँदैन। दाना कसरी बनाउनेर, ’
दाना ढुवानीको गाडीलाई रोकतोक छैन भनिएपनि प्रहरीले दुख दिने गरेको उनले गुनासो पोखे। ‘हाम्रा चालकलाई कति ठाउँमा रोकेर दुख दिइएको छ। श्रमिकलाई घरबेटीले घरबाट निस्कन दिएका छैनन्। कसरी उत्पादन गर्ने,’ पुरीले भने।
दाना भए आफ्ना पुराना किसानलाई उधारो दिन कुनै समस्या नभएको उनले स्पस्ट पारे। अवस्था यस्तै रहे ४५ दिन पछि कुखुराको मासुको मूल्य ५ सय पुग्ने पुरीले बताए।
फेसबुक पेज Like गर्नुहोस