सर्लाहीमा दिउँसै गोली चल्यो, एकजना घाइते
खबर एक्सप्रेस
२०७६-०३-१४ ११:०० मा प्रकाशित
Total Shares: 1411
सर्लाही - सर्लाहीमा दिउँसै गोली चलेको छ । लालबन्दी नगरपालिका–१ नवलपुर का ३० वर्षीय जयनाथ महतो अज्ञात समुहको गोली प्रहार गरेको गोली लागेर घाइते भएका छन्।
महतोलाई मोटरसाइकलमा आएको दुई जनाको टोलीले मध्यान्ह करिब १२ बजे काम गरिरहेको ठाउँमा गोली प्रहार गरेको हो ।
महतो ब्रम्हस्थान मन्दिर निर्माणमा मजदुरी गरिरहेका बेला उनलाई गोली हाने हानेर उक्त समुह मोटरसाइकलमा जंगलतर्फ भागेको थियो ।
गोली महतोको दाहिने हातमा लागेको छ । गोली हान्नुको कारण र समुहबारे केही खुलेको छैन् । गोली हान्ने समुहलाई स्थानीयले देखेका थिए । प्रत्यक्षदर्शीले गोली हान्ने समुह बहिरबाट आएको बताएका छन् ।
फेसबुक पेज Like गर्नुहोस