राजनीतिक नियुक्ति लिएका कर्मचारीले तत्काल राजीनामा देऊः मन्त्री भट्टराई
खबर एक्सप्रेस
२०७६-०८-०४ ११:०० मा प्रकाशित
Total Shares: 566
काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राजनीतिक नियुक्ति लिएका कर्मचारीलाई राजीनामा दिन भनेका छन् ।
मन्त्री भट्टराईले राजनीतिक रुपमा नियुक्त भएका मन्त्रालयका कर्मचारीलाई राजीनामा दिन निर्देशन दिएका हुन् । भट्टराईले राजीनामा नदिए आफूले हटाउने र यसलाई लिएर अदालत नजान समेत भनेका छन् ।
बुधबार मन्त्रालय मातहतका विभिन्न कार्यालय प्रमुखहरुलाई बोलाएर मन्त्री भट्टराईले सन्तोषजनक प्रगति नभएको भन्दै यस्तो निर्देशन दिएका थिए । उनले सो अवसरमा कार्यालय प्रमुखहरु परिवर्तन गर्न लागिएको जानकारी दिए ।
त्यस्तै मन्त्री भट्टराईले काम नगर्ने र विवादित कर्मचारीलाई विदेश जान रोक लगाउन पनि निर्देशन दिएका छन् ।
फेसबुक पेज Like गर्नुहोस