बलात्कार आरोपमा सिद्धबाबालाई पक्राउ पुर्जी
खबर एक्सप्रेस
२०७६-०८-१३ ११:०० मा प्रकाशित
Total Shares: 707
काठमाडौं - जिल्ला अदालत सुनसरीले शुक्रबार सिद्धबाबा भनिने कृष्णदास गिरीलाई पक्राउ गरी अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ । अदालतले गिरीलाई बलात्कार अभियोगमा पक्राउ गरी अनुसन्धान गर्न पक्राउ पुर्जी जारी गर्दै प्रहरीलाई अनुमति दिएको हो ।
गिरीमाथि एकजना अनुयायीले आश्रममा भेट्न बोलाएर बलात्कार गरेको आरोप लगाउँदै जबर्जस्ती करणीको मुद्दा बिहीबार जिल्ला अदालत सुनसरीमा दर्ता गरेकी थिइन् ।
सुनसरीको चतरास्थित आश्रममा बस्ने सिद्धबाबा भनिने गिरीले आफ्नै अनुयायी महिलामाथि गत ४ कात्तिकमा आश्रममा भेट्न बोलाएर बलात्कार गरेको पीडित महिलाको भनाइ छ ।
फेसबुक पेज Like गर्नुहोस