एजेन्सी - अष्ट्रेलियामा कोरोना भाइरसको संक्रमणबाट एक जनाको मृत्यु भएको छ । अष्ट्रेलियामा कोरोनाबाट मृत्यु भएको यो पहिलो घटना हो ।

पश्चिमी अस्ट्रेलियामा ७८ वर्षीय एक व्यक्तिको आइतबार मृत्यु भएको हो । मृतकको नाम गोप्य राखिएको छ ।

स्वास्थ्य अधिकारीहरुले कोरोना भाइरसबाट अष्ट्रेलियामा मृत्यु हुने उनी पहिलो व्यक्ति भएको जनाएका हुन् । मृतककी श्रीमती पनि कोरोना भाइरसको उपचारका लागि अस्पतालमै रहेकी छन् । यनको स्वास्थ्य अवस्था भने सुधारोन्मुख रहेको जनाइएको छ ।

योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या संसारभरमा २ हजार ९७९ पुगेको छ । कोरोनाका कारण मृत्यु हुने देशको संख्या चीनसहित १२ पुगेको छ । कोरोनाबाट गम्भिर संक्रमित भएका मध्ये ७ प्रतिशतको मृत्यु भएको खबरहरुमा उल्लेख छ ।