काठमाडौं - एनआईसी एशिया बैंकले सिन्धुली जिल्लाको सुनकोशी गाउँपालिका १को देविस्थान माध्यमिक विद्यालयलाई ३ लाख रूपैयाँ नगद सहयोग गरेको छ ।

मंगलबार बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेले विद्यालयका प्रधानाध्यापक श्री नारायण नेपाललाई सहयोग हस्तान्तरण गरेका हुन् ।

विद्यालयलाई गरेको सहयोगले विद्यालयको डेक्स, बेन्चको मर्मत सम्भार तथा खरिद र विद्यार्थीको पठनपाठनमा टेवा पुग्ने बैकले विश्वास लिएको छ ।

चेक हस्तान्तरण कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कौशल कोइराला र बैंक व्यवस्थापनका सदस्यहरूको पनि उपस्थिति थियो । बैंकले यसअघि पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।