देशभर मनसुन सक्रिय
खबर एक्सप्रेस
२०७६-०३-१२ ११:०० मा प्रकाशित
Total Shares: 892
काठमाडौं - गत वर्षभन्दा दश दिन ढिलो भित्रिएको मनसुन बिहीबारदेखि देशभर सक्रिय भएको छ ।
देशको मध्य र पूर्वी भू–भागमा मनसुन बढी सक्रिय रहेको र पश्चिमी क्षेत्रमा न्यूनचापीय रेखा बनेकाले मनसुन कम सक्रिय रहेको महाशाखाका मौसमविद् मञ्जु बासीले बताइन् ।
उनले यस्तो अवस्थामा वर्षा लगातर नभई छिनमै घाम लाग्ने छिनमै पानी पर्ने हुन्छ । बिहीबार देशको पूर्वी र मध्य भू–भागको तुलनामा पश्चिमी भू–भागमा कम वर्षा हुने महाशाखाले जनाएको छ ।
राति देशको मध्य र पूर्वी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहने र पश्चिमी भू–भागमा आंशिक बदली रहने छ ।
फेसबुक पेज Like गर्नुहोस