सार्वजनिक कार्यक्रममा आक्रमण हुँदा काबुलमा २७ जनाको मृत्यु
काठमाडौं - अफगानिस्ताको राजधानी काबुलमा भएको एउटा आक्रमणमा परेर २७ जनाको मृत्यु भएको छ । अफगानी राजनीतिकर्मीको उपस्थितिमा भइरहेको एउटा कार्यक्रममा भएको आक्रमणमा परि थप २९ जना घाइते भएको एफपीले जनाएको छ ।
यो दुबईमा तालीबान र अमेरिकाबीच भएको सम्झौतापछिको पहिलो ठूलो आक्रमण हो । एफपीका अनुसार तालीबानले घटनामा आफ्नो संगलग्नता नरहेको बताएको छ ।
हजारा समुदायका नेता अब्दुल अली मजारीको स्मरणमा कार्यक्रम आयोजना गरिएको थियो, जो सन् १९९५ मा विद्रोहीद्वारा मारिएका थिए । यसमा देशका मुख्य कार्यकारी अब्दुल्ला अब्दुल्लासहिक कयौं राजनीतिकर्मीले भाग लिइरहेको जनाइएको छ ।
सरकारी निकायका अनुसार घटनास्थलबाट सबै उच्च पदस्थ अधिकारीलाई सुरक्षित उद्धार गरिएको छ ।
फेसबुक पेज Like गर्नुहोस