अमेरिकामा पहिलोपटक कोरोना संक्रमितको मृत्यु
काठमाडौं -अमेरिकामा नोबेल कोरोना भाइरसको कारण एक जनाको ज्यान गएको छ । राजधानी वासिङटनमा शनिबार एक जना कोरोना संक्रमितको मृत्यु भएको हो ।
सरकारी अधिकारीहरुका अनुसार करिब ५० वर्षको आसपासको उमेरमा रहेका एक व्यक्तिको यस भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
स्थानीय स्वास्थ अधिकारीहरुका अनुसार वासिङ्टनको किङ्ग काउन्टीका ती व्यक्तिले यसअघि कोरोनाप्रभावित क्षेत्रको यात्रा नगरेको बताइएको छन् ।
भाइरसको संक्रमण फैलन नदिन वासिङ्टनका गर्भनर जे इन्सलेले राज्यमा आपत्कालको घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने कोरोनाभाइरसका संक्रमणका थप बिरामीहरु देखापर्ने सम्भावना रहेको भए पनि यसका लागि अमेरिका तयार रहेको दाबी गरे ।
अधिकारीहरुले इरान यात्रामा थप कडाइ गर्ने जनाउँदै अमेरिकीहरुलाई इटाली र दक्षिण कोरियाका कोरोनाभइरसबाट प्रभावित क्षेत्रमा यात्रा नगर्न आग्रह गरेको छ ।
फेसबुक पेज Like गर्नुहोस