काठमाडौं - संघीय संसद्अन्तर्गत आज राष्ट्रिय सभाको बैठक बस्दैछ ।

बैठक संघीय संसद् भवन बानेश्वरमा आज दिउँसो १ः१५ बजे सुरु हुनेछ ।

संसद् सचिवालयका अनुसार बैठकमा राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयकहरू प्रमाणीकरण सम्बन्धी पत्रको ब्यहोरा जानकारी गराउने कार्यसूची रहेको छ ।

त्यस्तै आजकै बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले थारू आयोगको पाँचौँ वार्षिक प्रतिवेदन, २०७९/०८० सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ ।