रोल्पा - रोल्पाको थबाङ गाउँपालिका–५ कोटलबारामा पहिरोले घर तथा गोठ पुरिँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । घटनामा नौ जना बेपत्ता भएका छन् भने दुई जना गम्भीर घाइते अवस्थामा उद्धार गरिएको प्रहरीले जनाएको छ ।
बुधबार राति करिब ८ः४० बजे अविरल वर्षासँगै आएको पहिरोले स्थानीय कमलबहादुर पुनमगरको घरसहित कम्तीमा छ वटा घर तथा गोठ पुरेको जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक कृष्ण श्रेष्ठले जानकारी दिए ।

.gif)


